रवि लामिछाने फेरि हिरासतमै, काठमाडौं प्रहरी परिसरमा लगियो

आइतबार, २८ पुस २०८१, १७ : १२

काठमाडौं-   काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा जिल्ला अदालतमा उपस्थित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेशसँगै उनलाई  प्रहरी परिसर काठमाडौं लगिएको छ।

रास्वपाका सभापति लामिछानेलाई प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिने भएको छ । काठमाडौँ जिल्ला अदालतको आदेश लगत्तै उनलाई प्रहरी परिसर काठमाडौँको हिरासतमा लगिएको हो । 

जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश दिएको थियो ।

आइतबार, २८ पुस २०८१, १७ : १२

प्रतिक्रिया