सेयर संरचना परिवर्तन गर्न सामुदायिक लघुवित्तले पायो स्वीकृति

सोमबार, २९ पुस २०८१, १३ : १७

काठमाडौं - सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर संरचना परिवर्तनका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको छ ।
 
कम्पनीले राष्ट्र बैंकबाट हाल कायम संस्थापक सेयरधनीतर्फको ६९ दशमलव ६५ प्रतिशत र सर्वसाधारणतर्फको ३० दशमलव ३५ प्रतिशत शेयर स्वामित्वलाई संस्थापकतर्फ ६१ दशमलव ११ प्रतिशत र सर्वसाधारणतर्फ ३८ दशमलव ८९ प्रतिशत कायम गर्न स्वीकृति पाएको हो । 

कम्पनीले पुस २९ गते सूचना जारी गर्दै कुल चुक्तापूँजीमा ८ दशमलव ५४ प्रतिशत विन्दुले परिवर्तन गर्ने भएकाले सम्बन्धित सेयरधनीहरुमा जानकारी गराएको छ ।आगामी ३५ दिनभित्र यदि आफ्नो शेयर सर्वसाधारणतर्फ परिवर्तन गर्न नचाहेमा कम्पनीको केन्द्रीय कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा लिखित निवेदन पठाउन कम्पनीले भनेको छ ।

तोकिएको अवधिभित्र लिखित निवेदन प्राप्त नभएमा सदस्यहरूको मन्जुरी ठानी सोही बमोजिम सर्वसाधारणमा परिवर्तन प्रक्रिया अघि बढाउने भनाई समेत कम्पनीको छ ।
 

 
सोमबार, २९ पुस २०८१, १३ : १७

प्रतिक्रिया