कृषि मन्त्रालयद्वारा चार वर्षमा उखु किसानलाई ४ अर्ब ७ करोड २४ लाख अनुदान वितरण

सोमबार, २९ पुस २०८१, १४ : ३३

काठमाडौं - कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चार वर्षमा ४ अर्ब ७ करोड रुपैयाँ बढी रकम उखु किसानलाई अनुदान दिएको छ ।

आर्थिक वर्ष २०७७\७८ देखि २०८०\०८१ सम्ममा ४ अर्ब ७ करोड २४ लाख २१ हजार रुपैयाँ उखु किसानलाई अनुदान स्वरूप रकम वितरण गरेको हो । सो रकम २ लाख ७४ हजार ५ सय ७७ किसानलाई रकम दिएको मन्त्रालयको दाबी छ ।

गत आर्थिक वर्ष २०८०\०८१ मा १ अर्ब ३२ करोड ८० लाख ४९ हजार रुपैयाँ ६१ हजार ४५७ जना किसानले प्राप्त गरेका थिए । मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्ष ०७९\०८० मा ९९ करोड ५१ हजार ३४ हजार रुपैयाँ ५२ हजार ९८ किसानलाई उखुको रकम अनुदान दिएको छ ।

आर्थिक वर्ष २०७८\०७९ मा ७७ करोड ९४ लाख ६४ हजार रुपैयाँ ४१ हजार २५ जना किसानलाई दिइएको थियो । आर्थिक वर्ष २०७७\०७८ मा ९६ करोड ९७ लाख ७३ हजार रुपैयाँ ५१ हजार ४० किसानलाई उखुको रकम अनुदान स्वरूप अनुदान वितरण  गरिएको मन्त्रालयको तथ्याकं छ ।

 
सोमबार, २९ पुस २०८१, १४ : ३३

प्रतिक्रिया