लामिछानेको थुनछेक बहस आज पनि सकिएन

सोमबार, २९ पुस २०८१, १६ : २३

काठमाडौं - काठमाडौं जिल्ला अदालतमा आज पनि रास्वपाका सभापति रवि लामिछानेको थुनछेक बहस सकिएन । बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

मंगलबार (भोलि)सार्वजनिक बिदा छ । उनलाई बुधबार अदालतमा पेस गर्न इजलासले आदेश दिएको छ । उक्त मुद्दामा सोमबार सरकारी वकिल कार्यालयका तर्फबाट ११ जनाले बहस गरे । सरकारी वकिलको बहस सकिएको छ । जाहेरवालाका तर्फबाट पनि बहस सकिएको छ । जाहेरवालाका तर्फबाट डा. सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गरे ।

अब लामिछानेका वकिलको बहस बाँकी छ । उनीहरूले बुधबार बहस गर्नेछन् । लामिछानेका तर्फबाट पूर्वमहान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ताद्वय सुशीलकुमार पन्त र रमन श्रेष्ठले बहस गर्नेछन् ।

 
 
सोमबार, २९ पुस २०८१, १६ : २३

प्रतिक्रिया