भोलि सार्वजनिक बिदा, सेयर कारोबार नहुने

सोमबार, २९ पुस २०८१, १६ : ५४

काठमाडौं - सरकारले भोलि अर्थात् माघ १ गते देशभर सार्वजनिक बिदा  दिएको छ । 

थारु समुदायको माघी पर्वको अवसरमा मंगलबार देशभर बिदा दिइएको हो । यस कारण उक्त दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।

माघी पर्वको पहिलो दिन अर्थात् पुस २९ गते जिता (सुँगुर) मार्ने र मिठो मसिनो खाएर पर्व मनाउने चलन रहेको पाइन्छ । यो माघी पर्व थारु समुदायको सबैभन्दा ठुलो पर्व हो । 

माघ महिनाबाट यो समुदायको नयाँ वर्ष सुरु हुने गरेकाले माघी पर्वलाई नयाँ वर्षको रूपमा पुस अन्तिम दिनदेखि माघ २ गतेसम्म धूमधामकासाथ मनाउने चलन रहेको पाइन्छ ।
 

 
सोमबार, २९ पुस २०८१, १६ : ५४

प्रतिक्रिया