काठमाडौं - गत शुक्रबार (पुस २६) गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ ।
सरकारका प्रवक्ता समेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् । उक्त दिन बसेको मन्त्रिपरिषद् बैठकले २८ वटा निर्णय गरेको थियो ।
जसमा विभिन्न अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस, प्रहरी अधिकृतहरूको बढुवा र सचिवहरूको सरुवा लगायतका निर्णय भएका छन् । मन्त्रिपरिषद् बैठकले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
बैठकले समृद्धिका लागि वन परियोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने थप करिब १ अर्ब ६३ करोड रुपैयाँ ९१२ मिलियन अमेरिकी डलर० अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।



प्रतिक्रिया