माघीको अवसरमा राष्ट्रपति भवन शीतल निवासमा चियापान (तस्बिरहरु)

मंगलबार, ०१ माघ २०८१, ११ : ३९

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक सामु विद्यमान समस्यालाई मध्यनजर गर्दै हाम्रो राष्ट्रिय हितको मूल उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढ्न पनि आव्हान गरेका छन् । 

माघी पर्व २०८१ का अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशमा सुशासन, विकास र शान्तिनै नेपाल र नेपालीको अभिष्ट भएको बताए । उनले हाम्रो संविधान र संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको मूल लक्ष्य पनि देशमा सुशासन, विकास र शान्तिनै भएको बताए । 

उहाँले विभिन्न जातजातिले उत्सवकारुपमा मनाउने यसप्रकारका पर्वले नेपालीबीच आपसी प्रेम, भ्रातृत्व तथा मेलमिलापको भावना अभिवृद्धि गर्दै सबैलाई एकताको सुत्रमा बाँध्न र राष्ट्रिय एकतालाई सुदृढ गराउन योगदान दिने विश्वास व्यक्त गरे । राष्ट्रपति पौडेलले सबैलाई आआफ्नो क्षेत्रबाट निस्वार्थ ढंगले अघि बढ्न प्रेरणा मिल्ने भन्दै सम्पुर्णमा माघी पर्वको शुभकामना व्यक्त गरे ।

202501141147-87982fde-60f1-488e-849d-08b7a2d47f26_medium

660f86b2-8723-4273-b63c-0775c8563b61

660f86b2-8723-4273-b63c-0775c8563b61 (1)

85bac7c7-c548-4383-996c-d4be5db5d724

 

aa07ab48-d01d-4bff-ab99-ff916cdf2de9

मंगलबार, ०१ माघ २०८१, ११ : ३९

प्रतिक्रिया