प्रतितोला ८०० ले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

मंगलबार, ०१ माघ २०८१, १२ : १२

काठमाडौं- मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको हो।  

सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५५ हजार ८०० रुपैयाँ कायम भएको थियो । आज भने घटेर १ लाख ५५ हजार रुपैयाँ कायम भएको हो । 

यस्तै चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको मंगलबार घटेर तोलामा १ हजार ८२० रुपैयाँ कायम भएको हो । 

मंगलबार, ०१ माघ २०८१, १२ : १२

प्रतिक्रिया