काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा विषादीको प्रयोगमा कमी

मंगलबार, ०१ माघ २०८१, १२ : २८

काठमाडौं- काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा तरकारीसहित अन्य खाद्यबालीमा प्रयोग हुने किटनाशक तथा अन्य विषादीको प्रयोगमा कमी आएको प्रतिवेदनले देखाएको छ। जिल्ला कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकद्वारा सार्वजनिक गरिएको उक्त प्रतिवेदनमा यी दुई जिल्लामा पछिल्लो वर्ष विषादीको खपत र प्रयोगमा कमी आएको उल्लेख गरिएको छ।

कार्यालयका प्रमुख कुलप्रसाद दवाडीका अनुसार पछिल्लो आर्थिक वर्ष २०८०/८१ मा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा अघिल्लो आवको तुलनामा समग्रमा विषादी खपत र प्रयोगमा कमी आएको छ। दवाडीद्वारा प्रस्तुत प्रतिवेदनमा आव २०८०/८१ मा काभ्रेपलाञ्चोकमा किटनाशक धुलोरदानादार विषादी १०,५०० किलोग्राम, तरल विषादी ९,००० लिटर, ढुसीनाशक धुलोरदानादार ३८,१०० किलोग्राम, तरल विषादी १०,०३० लिटर, झारनाशक धुलोरदानादार ३,५०० किलोग्राम, तरल विषादी ४,३०० लिटर खपत भएको उल्लेख गरिएको छ।

त्यसैगरी, जैविक विषादी धुलोरदानादार ९०० किलोग्राम, तरल विषादी २,००० लिटर र अन्य धुलोरदानादार विषादी २५० किलोग्राम र १,००० लिटर तरल विषादी खपत भएको प्रमुख दवाडीले जानकारी दिए। उनका अनुसार आव २०७९÷८० मा भने काभ्रेपलाञ्चोकमा धुलोरदानादार विषादी ५६,१६० किलोग्राम र तरल विषादी २८,९६४ लिटर प्रयोग गरिएको थियो।

यसैगरी, सिन्धुपाल्चोकमा आव २०८०/८१ मा किटनाशक धुलोरदानादार विषादी ४,४०५ किलोग्राम, तरल विषादी ३,००० लिटर, ढुसीनाशक धुलोरदानादार १५,०२० किलोग्राम, तरल विषादी ५,३२५ लिटर, झारनाशक धुलोरदानादार ८०० किलोग्राम, तरल विषादी १,९२० लिटर विषादी खपत भएको जनाइएको छ। त्यस्तै, जैविक विषादी धुलोरदानादारतर्फ ४०० किलोग्राम, तरल विषादी ९१५ लिटर र अन्य धुलोरदानादार विषादी २५० किलोग्राम र ३१२ लिटर तरल विषादी खपत भएको थियो।

अघिल्लो आव २०७९/८० मा भने सिन्धुपाल्चोकमा धुलोरदानादार विषादी २३,१७५ किलोग्राम र तरल विषादी १५,७७० लिटर खपत भएको थियो। प्रतिवेदनमा अघिल्लो आवको तुलनामा पछिल्लो आवमा दुवै जिल्लामा केही मात्रामा झारनाशक धुलोरदानादार विषादीको प्रयोग बढेको जनाइएको छ।

कार्यालय प्रमुख दवाडीले पछिल्ला केही महिनादेखि तरकारीसहित अन्य खाद्यबालीमा प्रयोग हुने किटनाशक तथा अन्य विषादीको प्रयोगमा न्यूनीकरण गर्ने उद्देश्यले विषादी व्यवस्थापन र नियमनसम्बन्धी दुवै जिल्लाका सरोकारवालासँग संयुक्त छलफल गरेका कारण पछिल्लो समय विषादीको खपत र प्रयोगमा कमी आएको दाबी गरे। “यस्ता छलफललाई निरन्तरता दिँदै गइनेछ, चालु आवमा पनि बितेको आवझै विषादी प्रयोगमा कमी भएको तथ्याङ्क प्रस्तुत गर्न सकियोस् भन्ने अपेक्षा गर्दैछौँ,” उनले भने।

रासस

मंगलबार, ०१ माघ २०८१, १२ : २८

प्रतिक्रिया