विजय लघुवित्तको १६औं वार्षिक साधारण सभा सम्पन्न

मंगलबार, ०१ माघ २०८१, १२ : ३६

काठमाडौं - विजय लघुवित्त वित्तीय संस्थाको १६ औं साधारण सभा सोमबार काभ्रेपलाञ्चोकस्थित धुलिखेल लज रिर्सोट साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभामा संस्थाका अध्यक्ष लोकबहादुर खड्काले वार्षिक प्रतिवेदन प्रस्तुत पेस गरेका थिए । साधारण सभाको छलफल सत्रमा भाग लिदै केही शेयर सदस्यहरूले संस्था राम्रो अवस्थामा नै रहेको र आगामी दिनमा अझ राम्रो गर्नु पर्ने भन्दै सुझाव दिएका थिए ।

सभाले गत आर्थिक वर्षको वार्षिक र लेखा परीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गरेको छ । यसै गरी लघुवित्तको संस्थापक शेयरलाई नियमानुसार सर्वसाधारण शेयरमा परिणत गर्न प्रयोजनका लागि आवश्यक प्रक्रिया सुरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ ।

सभाले कम्पनीको संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्वलाई प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गरी पुँजी संरचना परिवर्तन गर्ने प्रस्ताव पनि पारित गरेको छ भने कम्पनीको प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गरेको छ ।

 

 
मंगलबार, ०१ माघ २०८१, १२ : ३६

प्रतिक्रिया