फास्ट्फुड एसोसिएसन नेपालको अध्यक्षमा होमराज श्रेष्ठ चयन

मंगलबार, ०१ माघ २०८१, १२ : ५७

काठमाडौं - फास्ट्फुड एसोसिएसन नेपाल अध्यक्षमा होमराज श्रेष्ठ चयन भएका छन्। 

सोमबार काठमाडौंमा भएको आठौँ राष्ट्रिय अधिवेशनले श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रूपमा १३ सदस्य नयाँ कार्यसमिति निर्वाचित गरेको हो। फास्ट्फुड एसोसिएसन नेपालको उपाध्यक्षमा रामकाजी भण्डारी र नविन श्रेष्ठ निर्वाचित भएका छन्।

त्यस्तै, महासचिव राकेश श्रेष्ठ, सचिवहरू भीम प्रसाद आरण, कुमार भण्डारी, कोषाध्यक्षमा टेक बहादुर श्रेष्ठ र सदस्यहरू गोपाल श्रेष्ठ ,लक्ष्मी  श्रेष्ठ ,सुभाष श्रेष्ठ , महेन्द्र श्रेष्ठ र तुलसी श्रेष्ठ  निर्वाचित भएका हुन् । अहिले यस संस्थामा ३०० भन्दा बढी रेष्टुरेन्ट तथा फास्ट्फुड क्याफे आबद्ध छन् । 

 
मंगलबार, ०१ माघ २०८१, १२ : ५७

प्रतिक्रिया