काठमाडौं - नेपाल प्रहरीले २५ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस गरेको छ।
सोमबार बसेको बढुवा समितिको बैठकले जनपथ प्रहरी समूहतर्फका २५ एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो। प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम (४) का आधारमा उक्त सिफारिस गरिएको समितिले जनाएको छ।
सिफारिस भएका एसपीहरुलाई एसएसपीको पदमा बढुवा गरेर नेपाल प्रहरीको उच्च पदस्थ निकायमा नियुक्ति दिइने प्रक्रिया सुरु हुनेछ।


प्रतिक्रिया