माइती नेपाललाई एक करोड रुपैयाँ सहयोग गर्ने प्रधानमन्त्रीको घोषणा

मंगलबार, ०१ माघ २०८१, १५ : ३३

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मानव बेचबिखनविरुद्ध काम गरिरहेको सामाजिक संस्था माइती नेपाललाई एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । सोमबार गौशालामा रहेको माइती नेपालको कार्यालयमा पुगेर उनले यस्तो घोषणा गरेका हुन् ।

भेटमा संस्थाकी संस्थापक अनुराधा कोइरालाले संस्थाले गरिररहेका कामकारबाहीबारे जानकारी गराएकी थिइन् । प्रधानमन्त्री ओलीले संस्थापक पदाधिकारी, आश्रित महिला र बालबालिकासँग छलफल गरेका थिए ।

उनले मानव बेचबिखनका समस्या समाधानका लागि सरकारले पहल गर्ने बताए ।

मंगलबार, ०१ माघ २०८१, १५ : ३३

प्रतिक्रिया