काठमाडौं - सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको डिजिटल बोर्ड ह्याक भएको छ । धनगढीको कैलाली पुलस्थित प्रदेश प्रहरी कार्यालयको गेटमा रहेको डिजिटल बोर्ड ह्याक भएको हो ।
ह्याकरले बोर्डमा अङ्ग्रेजीमा ‘आई लभ यू चित्रा’ लेखेका छन् । गर्लफ्रेन्डलाई इम्प्रेस पार्न प्रहरी कार्यालयको डिजिटल बोर्ड नै ह्याक गरेर पर्पोज गरिएको अनुमान गरिएको छ ।
उक्त फोटोको तथ्य जाँच गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।पछिल्लो समयमा विभिन्न स्थानमा डिजिटल बोर्ड ह्याक गरी प्रेम प्रस्ताव राख्ने घटनाहरू बढी रहेका छन् ।
प्रतिक्रिया