गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण

बुधबार, ०२ माघ २०८१, ०७ : २०

काठमाडौं- सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ८६७ रुपियाँ ३८ पैसा निर्धारण गरेको छ ।

हालै बसेको मन्त्रीपरिषद्को बैठकले चालु आवका लागि गत वर्षको तुलनामा प्रतिक्विन्टल २१७ रुपियाँ बढी गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो ।  गत आव २०८०/८१ मा प्रतिक्विन्टल तीन हजार ६५० र आव २०७९/८० मा प्रतिक्विन्टल तीन हजार ३५१ रुपियाँ मूल्य निर्धारण भएको थियो । प्रत्येक वर्ष गहुँको समर्थन मूल्य बढ्दै गएको छ । गहुँको समर्थन मूल्य बढ्दा किसानलाई राहत हुने गर्छ । 

स्थानीय उत्पादनले माग धान्न नसक्दा बाहिरी मुलुकबाट समेत गहुँ आयात हुने गरेकोमा केही वर्षदेखि भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएपछि गहुँको आयात हुन सकेको छैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आव २०७९/८० मा छ लाख ९७ हजार ७६२ हेक्टर क्षेत्रफलमा २० लाख ९८ हजार ४६२ मेट्रिक टन गहुँ उत्पादन भएको छ । यस्तै आव २०७८/७९ मा सात लाख १६ हजार ९७८ हेक्टर क्षेत्रफलमा २१ लाख २७ हजार २७६ मेट्रिक टन गहुँ उत्पादन भएको छ । 

 

 

बुधबार, ०२ माघ २०८१, ०७ : २०

प्रतिक्रिया