छिमेक लघुवित्तको नगद लाभांश  शेयरधनीको डिम्याट खातामा जम्मा

बुधबार, ०२ माघ २०८१, १० : १७

काठमाडौं- छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले नगद लाभांश वितरण गर्न शुरू गरेको छ। गत पुस १९ गते सम्पन्न वार्षिक साधारणसभाले पारित गरेको ७ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको थियो।

नगद लाभांश शेयरधनीको डिम्याट खातामा उल्लेख गरिएको बैंक खातामा नै जम्मा गरिने भएकाले हालसम्म बैंक खाता अद्यावधिक नगरेका शेयरधनीलाई छिटो गराउन समेत आग्रह गरेको छ।

कम्पनीले सभा तथा लाभांश वितरणका लागि पुस १६ गते एक दिन बुक क्लोज गरेको थियो। पुस १५ गते सार्वजनिक बिदा परेकाले पुस १४ गतेसम्म कायम शेयधरनीले मात्रै यो लाभांश पाउनेछन्।

पुस १४ गतेसम्म शेयर धितो राखेर कर्जा लिएका शेयरधनीको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाकै नाममा रोक्का राखिएकाले कर्जा फुकुवा भइसकेको भए जानकारी गराउन आग्रह गरेको छ।

कम्पनीको नगद लाभांशसँगै ८ प्रतिशत बोनस शेयर वितरण प्रस्ताव पनि सभाले पारित गरेको छ। धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपछि मात्रै बोनस शेयर वितरण हुने कम्पनीले जनाएको छ।

बुधबार, ०२ माघ २०८१, १० : १७

प्रतिक्रिया