काठमाडौंको काँडाघारीबाट ४६२ किलो रक्तचन्दन बरामद

बुधबार, ०२ माघ २०८१, १२ : २६

काठमाडौं- प्रहरीले काठमाडौंको काँडाघारीबाट ४६२ किलो रक्तचन्दन बरामद गरेको छ ।

बुधबार बिहान उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले बोरामा प्याक गरेर राखेको अवस्थामा उक्त रक्तचन्दन फेला पारेको प्रहरी स्रोतले जनाएको छ ।

रक्तचन्दनसहित प्रहरीले दुई जनालाई पक्राउ पनि गरेको छ । यस विषयमा थप अनुसन्धान भैरहेको छ भने पक्राउ पर्नेको नाम प्रहरीले खुलाएको छैन ।

बुधबार, ०२ माघ २०८१, १२ : २६

प्रतिक्रिया