वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि रास्वपा कार्यकर्ताको आक्रमण प्रयास

बुधबार, ०२ माघ २०८१, १६ : ५२

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ता तथा रवि लामिछानेका समर्थकहरूले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण प्रयास गरेका छन् ।

काठमाडौं जिल्ला अदालत परिसरमा त्रिपाठीमाथि रास्वपा कार्यकर्ताहरूले आक्रमण प्रयास गरेका हुन् । बुधवार रवि लामिछानेमाथिको मुद्दामा बहस सकिएपछि बाहिर निस्कने क्रममा उनीहरूले त्रिपाठीमाथि आक्रमण प्रयास गरेका हुन् । 

त्रिपाठीले स्वर्णलक्ष्मी सहकारी पीडितका तर्फबाट बहस गरेका थिए । आक्रमणमा संलग्न १ जना पक्राउ परेको प्रहरीले जनाएको छ । 

 

 
बुधबार, ०२ माघ २०८१, १६ : ५२

प्रतिक्रिया