राष्ट्रपतिद्वारा तीन जनालाई गैरआवासीय राजदूत नियुक्त

बुधबार, ०२ माघ २०८१, १७ : ४५

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई गैरआवासीय राजदूतलाई नियुक्त गरेका छन् ।

पौडेलले नेपालको संविधान‌को धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूलाई नियुक्त गरेका हुन् ।  

क्यानडाका लागि नेपालको आवासीय राजदूतमा भरतराज पौड्याललाई गणतन्त्र क्यूवाका लागि, थाइल्यान्डका लागि नेपालको आवासीय राजदूत धन बहादुर ओलीलाई समाजवादी गणतन्त्र भियतनामका लागि र ब्राजिलका लागि नेपालका आवासीय राजदूत निर्मलराज काफ्लेलाई भेनेजुएलाका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरिएको हो। 

rr
 
बुधबार, ०२ माघ २०८१, १७ : ४५

प्रतिक्रिया