काठमाडौं - त्रिभुवन विश्वविद्यालय स्नातक तहको भर्ना थप गर्ने भएको छ।
शिक्षाध्यक्षको कार्यालयले डीनहरूसँग गरेको छलफलपछि भर्ना पुनः थप्ने भएको हो। यो विषयमा कुनै निर्णय नगरे पनि एक हप्ता थप गर्ने विषयमा डीनहरूले सुझाव दिएका हुन्। सोही आधारमा शिक्षाध्यक्षको कार्यालयले एक हप्ता पुनः भर्ना खोल्ने निष्कर्ष निकालेको हो।
शिक्षाध्यक्षको कार्यालयले यश विषयमा चाडै सूचना जारी गर्ने जनाएको छ। शिक्षाध्यक्षको कार्यालयले स्नातक तहको भर्ना रोक्न सबै डीन कार्यालयहरूलाई निर्देशन दिएको थियो।
सोही आधारमा डीन कार्यालयले भर्ना प्रक्रिया रोकेका थिए। विद्यार्थी भर्ना हुन नपाउँदै भर्ना प्रक्रिया रोकेको भन्दै चौतर्फी विरोध जनाएका थिए।
प्रतिक्रिया