बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

विहीबार, ०३ माघ २०८१, १० : ५७

काठमाडौं-  नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य बढेको छ ।

बुधबार प्रतितोला चार सय रूपैयाँले बढेको छापावाल सुनको मूल्य बिहीबार प्रतितोला एक हजार दुई सय रूपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५६ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन बुधबार मंगलबारको तुलनामा प्रतितोला चार सय रूपैयाँले बढेर छापावाल सुन प्रतितोला एक लाख ५५ हजार चार सय रूपैयाँमा किनबेच भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदी प्रतितोला एक हजार आठ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ ।

 

विहीबार, ०३ माघ २०८१, १० : ५७

प्रतिक्रिया