काठमाडौं- साझा यातायातले प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि दरखास्त आह्वान गरेको छ। संस्थाले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति गर्ने गरी आवेदन माग गरेको हो। इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित मितिबाट २१ दिनभित्र दरखास्त बुझाउनुपर्नेछ।
साझा यातायातका अनुसार सिइओ पदका लागि आवेदन दिन इच्छुकले मान्यताप्राप्त विश्वविद्यालयबाट व्यवस्थापन, कानून, अर्थशास्त्र, वाणिज्यशास्त्र, जनप्रशासन वा इन्जिनियरिङ विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरह शैक्षिक उपाधि हासिल गरेको हुनुपर्छ। त्यस्तै, सरकारी सेवा, प्रचलित कानून अनुसार दर्ता भएको संगठित संस्था, वा अन्तर्राष्ट्रिय संघसंस्थामा राजपत्रांकित द्वितीय श्रेणी, दशौं तह, वा सो सरह पदमा कम्तीमा सात वर्ष काम गरेको अनुभव आवश्यक छ।
दरखास्त दिने व्यक्तिको उमेर दरखास्त दिने अन्तिम मितिसम्म ३५ वर्ष पूरा भएको र ६३ वर्ष ननाघेको हुनुपर्ने पनि स्पष्ट गरिएको छ।
साझा यातायातले योग्य र सक्षम व्यक्तिहरूलाई आवेदन दिन अपील गर्दै आगामी दिनमा संस्थाको नेतृत्व गर्न सक्ने क्षमता भएका व्यक्तिहरू खोजेको बताएको छ।
प्रतिक्रिया