प्रधानमन्त्रीद्वारा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सी विभाग उद्घाटन

विहीबार, ०३ माघ २०८१, १३ : २५

काठमाडौं- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सी विभाग उद्घाटन गरिएको छ ।

 प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आज उक्त विभागको उद्घाटन गरेका हुन् । १७ करोड लागतमा निर्माण भएको यो भवनको तल्लो तलामा इमरजेन्सी उपचार हुनेछ भने माथिल्लो तलामा एमबीबीएस पढाइ हुनेछ ।

२०७७ सालमा शिलान्यास भएको यो भवन अहिले निर्माण सम्पन्न भएको हो । 

विहीबार, ०३ माघ २०८१, १३ : २५

प्रतिक्रिया