उन्नति सहकार्य लघुवित्तको वार्षिक साधारणसभा आव्हान

शुक्रबार, ०४ माघ २०८१, ११ : ०५

काठमाडौं- उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्‌नो दशौं वार्षिक साधारणसभा यही माघ २६ गते होटल सनस्टार इन्टरनेशनल प्रा.लि., रुपन्देही, भैरहवामा बिहान १० बजे बोलाएको छ।

सभामा भविष्यमा अन्य लघुवित्तसँग मर्जरका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पेश गरिनेछ।

त्यसैगरी गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नुका साथै ४ जना संस्थापक र २ जना सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालकको निर्वाचन गरिनेछ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले माघ १५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा माघ १४ गतेसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन सक्नेछन्।

शुक्रबार, ०४ माघ २०८१, ११ : ०५

प्रतिक्रिया