कास्कीका ३५ स्थायी शिक्षकले दिए सामूहिक राजीनामा

शुक्रबार, ०४ माघ २०८१, १६ : ०९

काठमाडौं - कास्कीका ३५ स्थायी शिक्षकले सामूहिक राजीनामा दिएका छन् । 

अध्यादेश मार्फत यसअघिका शिक्षकलाई समेत योगदानमा आधारित निवृत्तिभरणको व्यवस्था लागू गरेको विरोधमा उनीहरूले सामूहिक राजीनामा दिएका हुन् । उनीहरूले शुक्रवार शिक्षा विकास तथा समन्वय इकाइमार्फत शिक्षा मन्त्रालयमा राजीनामा पेस गरेका छन् ।

२०७४ चैत्र ०४ गतेबाट हालसम्म स्थायी नियुक्ति लिएका शिक्षकहरूमाथि सरकारले अन्यायपूर्ण व्यवहार गरेको पीडित शिक्षकहरूको गुनासो छ ।

राजीनामा स्वीकृत नहुँदासम्म पठनपाठन भने नरोक्ने उनीहरूले बताएका छन् । सामूहिक राजीनामा बुझेपछि कास्कीका शिक्षा विकास तथा समन्वय इकाइले राजीनामा–पत्र सम्बन्धित निकायमा पठाउने जनाएको छ । 

सरकारले ल्याएको केही नेपाल ऐन संशोधन अध्यादेशसहित ४ अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले पुस २९ गते जारी गरेका थिए ।
 

 
 
शुक्रबार, ०४ माघ २०८१, १६ : ०९

प्रतिक्रिया