काठमाडौं - प्रतिनिधि सभाका सदस्य एकनाथ ढकाल आज संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् ।
सांसद ढकालले यही जनवरी २० तारिकमा दिन अमेरिकाको वासिङ्टन, डी.सी.आयोजना हुने अमेरिकन राष्ट्रपति डोनल्ड ट्रम्पको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन अमेरिका गएका हुन् । भ्रमणमा सांसद ढकाल सँगै उनकी श्रीमती ब्लेसी गाडन ढकाल पनि सहभागी हुनेछन् ।
पूर्वमन्त्री समेत रहेका सांसद ढकाललाई नेपाल परिवार दलका वरिष्ठ उपाध्यक्ष विनोद डाँगी, महामन्त्री प्रकाश बाबु थापा साथै केन्द्रीय सदस्यहरू निला श्रेष्ठ कामना भुसाल, अधिवक्ता विष्णु गिरी लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा बिदाइ गरेका थिए ।
बिदाइका क्रममा बोल्दै सांसद ढकालले विश्वकै शक्तिशाली राष्ट्रको राष्ट्र प्रमुखको शपथ ग्रहणमा सहभागी हुन अवसरको रूपमा प्रयोग गदै नेपाल अमेरिका सम्बन्ध थप प्रगाढ बनाउन मदत पुग्ने बताए । सांसद ढकाल ढकाल प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य हुन् साथै नेपाल – अमेरिका संसदीय मैत्री समूहमा समेत आबद्ध छन् ।
विश्वका दर्जनों राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखसँग राम्रो सम्बन्ध स्थापित भएका नेताको ढकाल रूपमा चिनिन्छन् । सांसद ढकाल ट्रंक्रिस एरलाईन्स मार्फत अमेरिका प्रस्थान गरेका छन् ।
प्रतिक्रिया