कांग्रेस नेता महत नयाँ दिल्ली प्रस्थान

शनिबार, ०५ माघ २०८१, १७ : ३३

काठमाडौं - नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महत भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

भोली आइतबार आयोजना हुने नेपाली काँग्रेस निकट नेपाल जनसम्पर्क समितिको वार्षिक भेलालाई सम्बोधन गर्न उनी दिल्ली उडेका हुन् ।  समितिले नेपाल–भारत सम्बन्ध बीपी विचार प्रवासी समस्या विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना पनि गरेको छ ।

सो कार्यक्रममा उनले प्रमुख अतिथिको रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनका निजी सचिवालयले जनाएको छ । नेता महत सोमबार नेपाल फर्किने कार्यक्रम रहेको छ । कार्यक्रमपछि केही उच्च स्तरीय भेटघाट पनि रहेको छ । तर को-कोसँग भेट्ने अहिले खुलाइएको छैन । नेता महत पूर्व परराष्ट्र मन्त्री पनि हुन् । नेपाल-भारत बिच पछिल्लो समय बिग्रिँदै गएको सम्बन्धलाई सुधार गर्न काँग्रेसका नेताहरू दिल्ली आउजाउ गरिरहेका छन् ।

शनिबार, ०५ माघ २०८१, १७ : ३३

प्रतिक्रिया