एक सातामा ३ हजार ८०० ले महंगियो सुन

आइतबार, ०६ माघ २०८१, ०७ : १९

काठमाडौं-  एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्य ३ हजार ८०० रुपैयाँ बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारयता एक साताको अवधिमा सो मूल्य वृद्धि भएको हो ।

जसअनुसार पुस २६ गते छापावाल सुनको मूल्य तोलामा १ लाख ५४ हजार १०० रुपैयाँ कायम भएको थियो । तर, पुस ४ गते अर्थात यो साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा १ लाख ५७ हजार ९०० रुपैयाँ पुगेको हो । महासंघले शनिबारको लागि भने मूल्य कायम गर्ने गरेको छैन । 

महासंघका अनुसार पुस २८ गते सुनको मूल्य तोलामा १ लाख ५५ हजार ७०० रुपैयाँ थियो । त्यसको भोलिपल्ट सुनको मूल्य तोलामा १ सय रुपैयाँ बढेर १ लाख ५५ हजार ८०० रुपैयाँ कायम भयो । 

यसैगरी माघ १ गते घटेर तोलामा १ लाख ५५ हजार रुपैयाँ कायम हुँदा २ गते १ लाख ५५ हजार ४०० रुपैयाँ कायम भयो भने ३ गते १ लाख ५६ हजार ६०० रुपैयाँ पुगेको महासंघको भनाइ छ । यस्तै शुक्रबार भने थप बढेर  १ लाख ५७ हजार ९०० पुगेको हो । यसरी हेर्दा सातामा सुनको मूल्य उतारचढाव हुँदै कारोबारको अन्तिम दिन झण्डै १ लाख ५८ हजार नजिक पुगेको देखिन्छ । 

यस्तै चाँदीको मूल्य पनि उकालो लागेको छ।  पुस २६ गते तोलामा १ हजार ८४५ रुपैयाँ कायम भएको चाँदी २८ र २९ गते १ हजार ८६०, माघ १ गते १ हजार ८२०, २ गते १ हजार ८३०, ३ गते १ हजार ८८० र ४ गते १ हजार ८९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आइतबार, ०६ माघ २०८१, ०७ : १९

प्रतिक्रिया