काठमाडौं - ट्राभल अपरेटर्स फर टाइगरले सस्टेनेवल प्राक्टिस (दिगो अभ्यास) मा उत्कृष्टता हासिल गर्ने होटल बाराही काठमाडौंलाई इको फुटप्रिन्ट सर्टिफाइड गरेको छ ।
विभिन्न मापदण्डमा आधारित रहेर गरेको मूल्याकंनमा उत्कृष्ट रेटिङ प्राप्त गरेपछि टफ्ट टाइगरले सन् २०२४ सेप्टेम्बरदेखि सन् २०२७ अगस्टसम्मका लागि आउटस्ट्यान्डिङ प्राक्टिस अकोमोडेसन प्रोभाइडरका रुपमा होटललाई उक्त प्रमाणपत्र प्रदान गरेको हो । टफ्ट टाइगरले इको फुटप्रिन्ट रेटिङमा चार वटा मापदण्ड समावेश गरेको थियो ।
रेटिङमा होटलको वातावरणीय प्रभावलाई मध्यम मान्दै यसले आफ्नो सञ्चालनमा वातावरणीय र सामाजिक पक्षलाई प्रभावकारी रुपमा समावेश गरेको, निर्णय प्रक्रिया तथा कार्यक्रम मापदण्डअनुरूप नै भएको उल्लेख गरेको छ । एयर टाइगरले पहिलो मापदण्डमा सामाजिक, वातावरणीय र आर्थिक पक्षअन्तर्गत वातावरणीय सचेतता, निर्माण र आन्तरिक डिजाइन, स्थानीय कार्यक्रममा सहभागिता, वातावरण सम्वन्धी कानुनको पालना र तालिमलगायतका होटलले गरेको गतिविधिलाई आधार मानेको थियो ।
साथै दोस्रो मापदण्डमा पारिस्थितिक अभ्यासअन्तर्गत होटलले पानीको संरक्षणदेखि पुनः उपयोग, फोहोर व्यवस्थापन, ऊर्जा बचत र सुरक्षाका मापदण्डहरूको पालना कसरी गरेको छ भन्ने विषयलाई समावेश गरिएको थियो । त्यसै गरी तेस्रो मापदण्डमा आर्थिक अभ्यासअन्तर्गत होटलमा कार्यरत कर्मचारीको पारिश्रमिक र प्रोत्साहन, रोजगारीमा स्थानीयको सहभागिता, स्थानीय सीप र खानाको प्रवर्द्धन र स्थानीय उत्पादनको खपत होटलले कसरी गरिरहेको छ भन्ने विषय समावेश गरिएको थियो ।
साथै चौथो मापदण्डमा सामाजिक, संस्कृति प्रभावअन्तर्गत होटलले संस्थागत सामाजिक उत्तरदायित्व र स्थानीय शिल्प कौशल र सीपको प्रवर्द्धन गरेको सहयोगलाई आधार बनाइएको थियो । मूल्याकंनका क्रममा फोहोर र प्रदूषण कम गर्न प्लास्टिकरहित बोतलको प्रयोग, जैविक रूपमा नष्ट हुने सामग्रीको प्रयोग, फोहर वर्गीकरण प्रणाली, पर्यावरणीय कानुनको पालना, पर्यावरणमैत्री सामग्रीको प्रयोग, हरित क्षेत्रको प्रवर्द्धन, अपांगता भएका व्यक्तिहरूको सहजता र होटलले स्थानीय कृषि उत्पादनको खपतलाई आधार बनाइएको थियो ।
कम्पनीले होटलको भौतिक संरचना समावेशी ढंगले निर्माण गरिएको उल्लेख गर्दै अपांगतामैत्री कोठाका साथ खुला ठाउँमा सहज पहुँचका लागि स्ट्रेचर र विद्युतीय द्विलचेयर उपलब्ध गराएको छ । होटलले स्थानीय संस्कृति प्रवर्द्धन, सीप विकासअन्तर्गत स्थानीय तथा मिथिला कलाकृति, मूर्तिकला र हस्तकला प्रबद्धनमा दिएको प्राथमिकतालाई पनि मूल्याकंनको आधार बनाइएको थियो ।
त्यसै गरी सामाजिक उत्तरदायित्वअन्तर्गत अनाथालयमा रहेका बालबालिकालाई शैक्षिक सामग्री प्रदान, भद्रकाली मन्दिर परिसरमा सरसफाइ, रोटरी क्लबसँगको सहकार्यमा स्वास्थ्य, शिक्षा र समुदायको विकासका लागि विभिन्न कार्य, फुटसल प्रतियोगिता तथा स्थानीय विद्यालयको पूर्वाधार विकास र शैक्षिक सामयीलगायतको सहयोगलाई पनि उक्त मूल्याकंनमा समावेश गरिएको थियो ।
बाराही हस्पिटालिटी अन्तर्गत रहेको होटल बाराही काठमाडौं २०२३ जुलाइ देखि सञ्चालनमा आएको हो। सातौँ तल्लामा अल के डाइनिङ रहेको होटलको नयाँ तल्लामा इन्फिनिटी लाउन्ज रहेको छ । भुईँ तल्लामा इलि कफि आउटलेट सन्चालनमा आएको छ । व्युटी प्रडक्टको आउटलेट र सोभेनियर सप सच्चालनको तयारीमा छन् । होटलमा स्पा र फिटनेस सेन्टर निमाणाधिन छ । सातौँ तल्लामा नारायणहिटी दरबार संग्रहालय मोहोडा भएको इन्फिनिटी स्विमिङ पुल होटलको आकर्षण हो ।
बाराही काठमाडौं होटलले हालै साउथ एसियन ट्राभल अवार्ड (साटा) २०२४ बाट नयाँ होटलका रुपमा दक्षिण एशियामा सर्वोत्कृष्ट (गोल्ड अवार्ड) प्राप्त गरेको छ । साथै होटलले नेपाल सरकारको खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागबाट खाद्य सुरक्षाको मापदण्ड अनुसार ए श्रेणी (अति उत्तम वर्गीकरण) प्राप्त गरेको छ ।
बाराही हस्पिटालिटीअन्तर्गत हाल कास्कीमा होटल बाराही पोखरा, साराङकोट माउन्टेन लज, आवास पोखरा तथा चितवनमा बाराही जंगल लज र काठमाडौंमा बाराही काठमाडौं सञ्चालनमा छन् । हालसम्म चितवनको बाराही जंगल लज यसअघि नै इको सर्टिफाइड भइसकेको छ भने अन्य होटल पनि यसका लागि पक्रियामा रहेको कम्पनीले जनाएको छ।
प्रतिक्रिया