सार्वजनिक जग्गा मिचेर बनाइएका संरचनामा महानगरले चलायो डोजर

आइतबार, ०६ माघ २०८१, १५ : ४८

काठमाडौं - काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनामा डोजर चलाउन सुरु गरेको छ । 

काठमाडौं महानगर र काठमाडौं उपत्यका विकास प्राधिकरणको सार्वजनिक जग्गा संरक्षण अभियान सुरु गर्दै संरचना भत्काउन थालिएको हो । काठमाडौं महानगर–७ चाबहिलको ओम हस्पिटलको पर्खाल र अन्य सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनामा महानगरले  डोजर चलाएको छ । 

 
आइतबार, ०६ माघ २०८१, १५ : ४८

प्रतिक्रिया