६ महिनामा ८ खर्बको आयात हुँदा ७४ अर्बको निर्यात

आइतबार, ०६ माघ २०८१, १७ : १६

काठमाडौं - चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आयात निर्यात दुवैमा सुधार आएको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा आयात ७.१ प्रतिशतले वृद्धि भएको छ भने निर्यात ३१.८ प्रतिशतले भएको अर्थ मन्त्रालयले जनाएको छ । गत वर्षको यसै अवधिमा ३.१ प्रतिशतले आयातमा गिरावट आएको थियो भने  निर्यातमा ७.२ प्रतिशतले गिरावट  आएको थियो । 

चालु वर्षको पहिलो ६ महिनाको अवधिमा ८ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँको वस्तु आयात हुँदा ९८ अर्ब ७९ करोड रुपैयाँको निर्यात भएको छ । गत वर्ष यसै अवधिमा ७ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँको आयात हुँदा ७४ अर्ब ९७ करोड रुपैयाँको निर्यात भएको थियो । 
 

 
आइतबार, ०६ माघ २०८१, १७ : १६

प्रतिक्रिया