काठमाडौं- रास्वपाका निलम्बित सभापति रवि लामिछानेसहित २२ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएको छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनसम्बन्धी उनीहरु विरुद्धको पूरक मुद्दा आइतबार जिल्ला अदालतमा दर्ता भएको हो ।
पूरक अभियोजन अन्तर्गत रवि लामिछाने, पूर्वडीआइजी छविलाल जोशीसहित २२ जनाविरुद्ध मुद्दा दर्ता भएको जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अनन्त मरासिनीले जानकारी दिए । उनका अनुसार अदालतमा २२ जनाविरुद्ध पूरक अभियोग दर्ता भएको र तीमध्ये १७ जनाविरुद्ध थप मुद्दा दर्ता भएको हो। सरकारी वकिलको कार्यालयले दिउँसो १२ बजे मुद्दा दर्ताका लागि पठाएको थियो ।
यसअघि जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम सहकारीका एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध २०८१ वैशाख ३ गते जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता गरेको थियो ।
प्रतिक्रिया