शैक्षिक संस्थामा भूमाफिया हाबी

एन्फा पूर्वअध्यक्ष शेर्पाद्वारा कीर्ते कागजात बनाएर ठुंगरम इन्टरनेशनल एकेडेमीको २९ रोपनी जग्गा बिक्री

सोमबार, ०७ माघ २०८१, ११ : ४५

काठमाडौं- बौद्ध धर्मगुरु ठुंगरम ग्याल्टुल(रिन्पोछे) शेर्पाद्वारा विशुद्ध सामाजिकएवं धार्मिक सेवा भावले स्थापित विद्यालयको जग्गा समेत कीर्ते कागजात खडा गरेर बिक्री गरेको पाइएको छ । 

काठमाडौंस्थित हात्तिगौंडा बाँसबारीमा रहेको ठुंगरम इन्टरनेशनल एकेडेमीमा सुरुमा सञ्चालक समितिमा रहेका कर्मा छिरिङ शेर्पाले अनेकौं जालसाझी गरेर हदबन्दी खुलाई एकेडेमीको २९ रोपनी जग्गा बिक्री गरेको प्रमाणसहितका कागजात आजको अर्थले प्राप्त गरेको छ ।  शेर्पा अखिल नेपाल फुटबल संघ(एन्फा)का पूर्वअध्यक्ष समेत हुन् ।

यस विषयमा उक्त एकेडेमीका सञ्चालकहरुले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआईबी), अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकाय गुहार्दा पनि न्याय पाउन नसकेको गुनासो गरेका छन् ।

प्रहरीको अपराध अनुसन्धान विभागमा कीर्ते जालसाझी गरी जग्गा बिक्री गरिएको विषयमा उजुरी दिइएको फाइल समेत सीआईबीले आफू मातहत ल्याई अनुसन्धान प्रक्रिया नै अघि नबढाएको एकेडेमीका सञ्चालकहरु बताउँछन्।

उक्त एकेडेमीका संस्थापक सञ्चालक रहेका धर्मगुरु ठुंगरम ग्याल्टुल(रिन्पोछे)शेर्पा प्राय मुलुक बाहिर नै रहने भएकाले उनको अनुपस्थितिमा अर्का सञ्चालक रहेका कर्माछिरिङ शेर्पाले सरकारी निकायलाई प्रभावमा पारी जग्गा बिक्री गरेको पाइएको हो ।

8cd74ecd-5d92-41f2-a9ec-aa61052a09f6 (1)

बौद्ध धर्मगुरु ठुंगराम शेर्पा अनुपस्थित रहेको बेलामा कर्मा छिरिङ शेर्पाले कीर्ते हस्ताक्षर गरेर एकेडेमीको २९ रोपनी जग्गा बिक्री गरेको एकेडेमी स्रोतको दाबी छ ।

विश्वविद्यालय निर्माण सहितको वृहत परियोजनाको रुपमा सञ्चालनमा आएको यस एकेडेमीमा सहयोगीको रुपमा रहेका कर्माछिरिङले बौद्ध धर्मगुरु प्राय विदेशमा रहने भएकाले यहाँको काममा सहजताका लागि भन्दै १० प्रतिशत स्वेट शेयर मागेका थिए । उक्त बिना लगानी बापतको शेयर धर्मगुरुको अनुपस्थितिमा काम गर्न सहज बनाउने प्रयोजनका लागि बौद्ध गुरुले उनलाई प्रदान गरेका थिए ।

तर, गलत नियतका साथ स्वेट शेयर लिएका उनले सञ्चालक धर्मगुरुको अनुपस्थितिमा  एकेडेमीको सञ्चालक समितिको बैठक बसाली माइन्युट कीर्ते गराई २९ रोपनी जग्गा बिक्री गर्ने निर्णय गरेका थिए ।

धर्मगुरु शेर्पाको अनुपस्थितिमा अर्का सञ्चालक ठेल्कर रिन्पोछेलाई पनि जानकारी नै नदिई तयार गरिएको कीर्ते माइन्युटमा तीन जना सञ्चालकमध्ये कर्मा छिरिङले टुंगरम इन्टरनेशल एकेडेमी प्रालिको बैठक बसालेर भक्तपुरको सुर्य विनायक नगरपालिकाको २८–१५–१–१(अठ्ठाइस रोपनी पन्ध्र आना एक पैसा एक दाम) जग्गा चार करोड पैसठ्ठी लाखमा बिक्री गर्ने निर्णय गरिएको हो । 

उक्त एकेडेमीको सञ्चालक रहेका तीन जनामध्ये बौद्ध धर्मगुरु शेर्पाको अनुपस्थितिमाअर्का सञ्चालक ठेल्कर रिन्पोछे शेर्पालाई समेत गुमराहमा पारेर कर्मा छिरिङ शेर्पाले तीनै जनाको संयुक्त हस्ताक्षरित कीर्ते माइन्युट बनाइ निर्णय गराइएको सम्बन्धित पक्षको दाबी छ । 

एकेडेमी स्रोतका अनुसार २०७४ पुस २५ गतेको मिति राखेर तयार पारिएको सञ्चालक बैठकको माइन्युटमा धर्मगुरु शेर्पा सोही एकेडेमीमै रहँदा पनि उनलाई कुनै जानकारी नै नदिई उनको नक्कली हस्ताक्षर गरि निर्णय गरिएको हो ।


 

सोमबार, ०७ माघ २०८१, ११ : ४५

प्रतिक्रिया