काठमाडौं - स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी आज ५० लाख धरौटीमा रिहा भएका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले उनलाई ५० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । जोशीको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, शतिशकृष्ण खरेल, अधिवक्ताहरू अपूर्व खतिवडा, रोचक रेग्मीले बहस गरेका थिए ।
जाहेरवालाहरूको तर्फबाट ५ जना सरकारी वकिल, वरिष्ठ अधिवक्ता डा।सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठीले बहस गरेका थिए ।
प्रतिक्रिया