६ महिनामा ९ खर्ब २१ अर्ब बराबरको वैदेशिक व्यापार

सोमबार, ०७ माघ २०८१, १८ : ०१

काठमाडौं - चालु आर्थिक वर्ष २०८१\८२ को  पुस मसान्तसम्ममा  ९ खर्ब २१ अर्ब १५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । 

गत वर्ष २०८०\८१ मा ८ खर्ब ४३ अर्ब १३ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो । जस अनुसार वैदेशिक व्यापारमा ७.०६ प्रतिशतले सुधार आएको छ । चालु वर्षमा आयात निर्यातमा पनि सुधार देखिएको छ । २०८१ पुस मसान्तसम्म ८ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

सो अवधिमा ९८ अर्ब ७८ करोड रुपैयाँको वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ । यस अनुसार ८९.२८ प्रतिशत आयात हुँदा १०।७२ प्रतिशत निर्यात भएको छ । जस अनुसार देशको व्यापार घाटा ७ खर्ब २३ अर्ब ५८ करोड नाघेको छ ।
 

 
सोमबार, ०७ माघ २०८१, १८ : ०१

प्रतिक्रिया