आगामी माघ १८ गतेदेखि हिउँदे अधिवेशन आह्वान

मंगलबार, ०८ माघ २०८१, १२ : २२

काठमाडौं -  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा १० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही माघ १८ गते शुक्रवार सघींय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को यही माघ ७ गतेको सिफारिसमा माघ १८ गते शुक्रवार दिउँसो १ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँवानेश्वरमा दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् । 

संसद् नखुल्दा सरकारका कानुन निर्माणहरू हुन सकेका छैनन् भने सरकार अध्यादेशको भर पर्ने गरेको छ ।

 
मंगलबार, ०८ माघ २०८१, १२ : २२

प्रतिक्रिया