आशिका तामाङलाई पाँच दिन हिरासत राख्न अनुमति

मंगलबार, ०८ माघ २०८१, १२ : ४४

काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौंले सामाजिक अभियन्ता आशिका तामाङमाथि अनुसन्धानका लागि थप पाँच दिनको समय दिएको छ ।

पशुपति क्षेत्र विकास कोषका कर्मचारी र महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा उनलाई प्रहरीले यही माघ २ गते स्वयम्भूबाट पक्राउ गरेको थियो।आशिकामाथि अनुसन्धानका लागि पहिलो पटक थपिएको पाँच दिनको म्याद हिजो सकिएपछि आज उनलाई जिल्ला प्रशासनमा पेस गरिएको थियो ।

आशिकाविरुद्ध प्रहरी वृत्त गौशालाको टोलीले अभद्र मुद्दामा अनुसन्धान गरिरहेको छ ।
 

 
मंगलबार, ०८ माघ २०८१, १२ : ४४

प्रतिक्रिया