एनएलजी इन्स्योरेन्सको हकप्रद बाँडफाँड

मंगलबार, ०८ माघ २०८१, १३ : ०६

काठमाडौं - एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर ११ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयर बाँडफाँट सम्पन्न गरेको छ ।  

कम्पनीले कात्तिक २७ गतेसम्म कायम सेयरधनीका लागि ६२.५६ प्रतिशतका दरले ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद अंकित मूल्य १०० रुपैयाँका दरले बिक्री खुला गरेको थियो।

बिक्री अवधिभर रितपूर्वक आवेदन दिएका सेयरधनीहरूलाई ९३ लाख १० हजार ६८७ कित्ता हकप्रद सेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक एलएस क्यापिटलले जनाएको छ। कम्पनीको ३ लाख २० हजार ५३३.२२ कित्ता हकप्रद बिक्री नभएको देखिन्छ। 

 
मंगलबार, ०८ माघ २०८१, १३ : ०६

प्रतिक्रिया