काठमाडौ-सहकारी ठगी लगायतका आरोपमा थुनिएका रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने सहित ७ जनालाई धरौटीमा छाड्नुको आधार र कारण सहितको प्रतिवेदन पेश गर्न उच्च अदालत पोखराले जिल्ला अदालत कास्कीलाई आदेश दिएको छ ।
उच्च अदालत पोखराका न्यायाधीश राजकुमार खतिवडाको इजलासले सूर्यदर्शन सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका लामिछानेसहित ७ जनालाई छाड्ने आदेशको ‘कैफियत प्रतिवेदन’ पेश गर्न आदेश दिएको हो । तल्लो अदालतले कुनै आरोपितलाई थुनामा पठाउने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने आदेश गरेपछि त्यससम्बन्धी विस्तृत विवरण खुलाइएको प्रतिवेदनलाई कैफियत प्रतिवेदन भन्ने गरिन्छ ।
सूर्यदर्शन सहकारी ठगी मुद्दाका प्रतिवादी लामिछाने सहित ७ जनालाई जिल्ला अदालत कास्कीले धरौटीमा छाड्न आदेश गरेपछि उक्त आदेश बदर हुनुपर्ने माग गर्दै जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले उच्च अदालत पोखरामा निवेदन दिएको थियो ।
प्रतिक्रिया