प्रधानमन्त्री ओलीसँग बेलायती राजदूतको भेटवार्ता

मंगलबार, ०८ माघ २०८१, १७ : ०७

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले शिष्टाचार भेट गरेका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुई पक्षीय सम्बन्ध र हितका विविध विषयमा छलफल भएको छ । सो अवसरमा बेलायती राजपरिवारका सदस्य डुक अफ इडिनबर्गको आशन्न नेपाल भ्रमणका विषयमा पनि छलफल भएको बताइएको छ । 
 

 
मंगलबार, ०८ माघ २०८१, १७ : ०७

प्रतिक्रिया