अदालतमा उपस्थित हुन रुपन्देही पुगे रवि

मंगलबार, ०८ माघ २०८१, १७ : ४७

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अदालतमा उपस्थित हुन मंगलबार रुपन्देही पुगेका छन् ।

लामिछाने विमानस्थल हुँदै भैरहवा गएका हुन्।  रविसँगै निकिता र केही केन्द्रीय नेता पनि रुपन्देही गएका छन् । बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनको मुद्दामा बयानका लागि लामिछाने मंगलबार रुपन्देही  गएका हुन् ।

सरकारी वकिलको कार्यालयले पूरक अनुसन्धान गरेर मुद्दा चलाउने राय लिएपछि रुपन्देही जिल्ला अदालतमा रविविरुद्ध मुद्दा दर्ता भएको थियो । 
 

 
मंगलबार, ०८ माघ २०८१, १७ : ४७

प्रतिक्रिया