रवि लामिछाने जिल्ला अदालत रुपन्देहीमा उपस्थित

बुधबार, ०९ माघ २०८१, १० : ०९

काठमाडौं- रास्वपाका निलम्बित सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने जिल्ला अदालत रुपन्देहीमा हाजिर भएका छन् । बुटवलको सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको कसुरमा आइतबार अदालतमा १० करोड ९९ लाख बिगोसहितको मुद्दा दायर भएको थियो ।

सरकारी वकिलको कार्यालयले पूरक अनुसन्धान गरेर मुद्दा चलाउने राय लिएपछि रुपन्देही जिल्ला अदालतमा रविविरुद्ध मुद्दा दर्ता भएको थियो । 

बुधबार, ०९ माघ २०८१, १० : ०९

प्रतिक्रिया