सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

बुधबार, ०९ माघ २०८१, ११ : ०३

काठमाडौं- नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १ लाख ६० हजार पुगेको छ । अघिल्लो दिनको तुलनामा १ हजार ९०० रुपैयाँ वृद्धि हुँदै छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार रुपैयाँ पुगेको हो ।

मंगलबार सुनको मूल्य तोलामा १ लाख ५८ हजार १०० रुपैयाँ कायम भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ८७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर १ हजार ८९५ रुपैयाँ कायम भएको हो । 

बुधबार, ०९ माघ २०८१, ११ : ०३

प्रतिक्रिया