राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका लागि ५ जनाको नाम सर्टलिस्ट

विहीबार, १० माघ २०८१, ०९ : १६

काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखका लागि ५ जनाको नाम सर्टलिस्ट गरिएको छ। सिफारिस समितिले कार्यकारी प्रमुख नियुक्तिका लागि सिफारिस गर्न सर्टलिस्टमा बैतडी दशरथचन्दका दिनेशप्रसाद भट्ट, डडेल्धुरा नवदुर्गाका धर्मराज उप्रेती, कास्की पोखराका बसन्तराज अधिकारी, रोल्पा सुनिलस्मृतिका मन्दीप सुवेदी, र मोरङ विराटनगरका सुमनकुमार कर्णलाई समावेश गरेको हो।

सिफारिस समितिले शैक्षिक योग्यता, तालिम, र अनुभवका आधारमा उम्मेदवारको अंक मूल्यांकन गरेपछि सबैभन्दा बढी अंक प्राप्त गर्ने उम्मेदवारलाई सर्टलिस्टमा राखिएको जनाएको छ। सर्टलिस्टमा परेका उम्मेदवारलाई माघ १७ गते सिंहदरबारस्थित गृह मन्त्रालयमा कार्ययोजना प्रस्तुत गर्नका लागि डाकिएको छ।

प्रस्तुतीकरणको समय दिउँसो १ बजेदेखि ३ बजेसम्म तय गरिएको छ। उम्मेदवारहरूले प्रस्तुतिकरणका लागि परिचय खुल्ने प्रमाणपत्रसहित उपस्थित हुनुपर्ने जानकारी पनि समितिले दिएको छ।

यस प्रक्रिया मार्फत कार्यकारी प्रमुखको चयनमा पारदर्शिता र योग्यताको सुनिश्चितता गर्न प्राधिकरणले प्रयास गरिरहेको छ।

विहीबार, १० माघ २०८१, ०९ : १६

प्रतिक्रिया