आशा लघुवित्तको २० लाख कित्ता शेयरको लकइन अवधि सकिँदै

विहीबार, १० माघ २०८१, १२ : ०४

काठमाडौं - आशा लघुवित्त वित्तीय संस्थाको संस्थापक र कर्मचारीको गरी कुल २० लाख १४ हजार २२७.५० कित्ता शेयरको लकइन अवधि आउँदो फागुन ११ गतेपछि सकिने भएको छ।

जसमा संस्थापक शेयरको प्रारम्भिक शेयर १७ लाख ५० हजार कित्ता र बोनस शेयर २ लाख ४९ हजार ३७५ कित्ता र कर्मचारीको प्रारम्भिक शेयर १३ हजार कित्ता र बोनस शेयर १ हजार ८५२.५० कित्ता शेयर रहेको छ। संस्थाले २०७८ फागुन ४ गतेदेखि फागुन ८ गतेसम्म आइपीओ जारी गरेको थियो। 

आइपीओ बाँडफाँट फागुन १२ गते गरिएको थियो। कुनै पनि कम्पनीको आइपीओ बाँडफाँट भएको मितिले ३ वर्षसम्म लकइनमा राख्नुपर्ने व्यवस्था रहेको छ।

 
विहीबार, १० माघ २०८१, १२ : ०४

प्रतिक्रिया