सिमेन्टको मूल्यवृद्धिले उपभोक्तालाई प्रत्यक्ष असर परेको छ : अध्यक्ष सिंह

विहीबार, १० माघ २०८१, १५ : ४३

काठमाडौं - नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले सिमेन्ट उद्योगीले ६० प्रतिशत कटौती गरेर कार्टेलिङ गरिएको बताएका छन् । 

उनले बिहीबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको छलफलमा बोल्दै सो कुरा बताएका हुन् । ‘होङ्शीको उत्पादन भएपछि कार्टेलिङ रोकिएको थियो । असारदेखि असोजसम्म ४००-५०० थियो । कार्तिकमा ६५० पुराउनुभयो,’ अध्यक्ष सिंहले भने, ‘३५-४० प्रतिशत उत्पादन हुँदै आएकोमा ६० प्रतिशत उत्पादन घटाउनुभयो । होङ्शी सिमेन्टलाई पनि सामेल गराएर कार्टेलिङ भएको छ ।’

सिमेन्टको मूल्य वृद्धिले निर्माण व्यवसायीलाई भन्दा उपभोक्तालाई प्रत्यक्ष असर परेको उनको भनाइ छ । ‘सिमेन्टको मूल्यवृद्धिको २६ अर्ब भार उपभोक्तालाई पर्छ । सिमेन्टको मूल्यवृद्धिले ८० लाखको घर बनाउने जनतालाई १५ लाख भार पर्छ,’ उनले भने, ‘यस अर्थमा सिमेन्टको मूल्यवृद्धि ले जनतालाई भार बढेको छ ।’

उद्योगीले १२ घण्टा लोडसेडिङ भएको भन्ने झुटा तथ्य दिएर मूल्य वृद्धि गरेको समेत उनले बताए । 

 
विहीबार, १० माघ २०८१, १५ : ४३

प्रतिक्रिया