थानकोटदेखि धुलिखेलसम्म बस सेवा सञ्चालनमा

विहीबार, १० माघ २०८१, १६ : ३४

काठमाडौं-  महानगर यातायात प्रालीले चन्द्रागिरि प्राथमिक अस्पताल थानकोटदेखि धुलिखेलसम्म बस सेवा सञ्चालनमा ल्याएको छ । चालीस वटा सार्वजनिक बस सेवाले विशेष गरी पर्यटकीयस्थल चन्द्रागिरि र धुलिखेलका बीचमा आवतजावत गर्न सजिलो हुने अपेक्षा गरिएको छ । 

आजदेखि शुभारम्भ गरिएको सो बस सेवा हालका लागि चन्द्रागिरि– गोदाम –चेक पोष्ट –गुर्जुधारा  – सतुगंल– कलंकी –बल्खु– कोटेश्वर –भक्तपुर – बनेपा – धुलिखेलसम्म सञ्चालनमा आउने छन् । 

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले ‘प्राथमिक अस्पताल थानकोट– धुलिखेल यातायात सेवा’को शुभारम्भ गर्दै चन्द्रागिरि र धुलिखेलका बीचमा आवतजावत गर्न बस सेवाले  सजिलो हुने अपेक्षा व्यक्त गरे । उनले नगरभित्रको सार्वजनिक यातायातलाई सुधार गर्न नगरपालिकाले उच्च प्राथमिकता दिएको जानकारी दिए । 

विहीबार, १० माघ २०८१, १६ : ३४

प्रतिक्रिया