रवि लामिछानेको थुनछेक बहस सकिएन, परिवारकै जिम्मा लगाइयो

विहीबार, १० माघ २०८१, १६ : ४५

काठमाडौं - रवि लामिछानेलाई सहकारी ठगी मुद्दामा थुनछेक बहस नसकिएपछि परिवारकै जिम्मा लगाइएको छ।

बिहीबार रुपन्देही जिल्ला अदालतमा लामिछाने विरुद्धको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको हो ।  पीडित पक्षको दुई  वकिलको बहस भने बाँकी रहेको छ ।सरकारी  बहसमा जिल्ला  सरकारी  वकिलका प्रमुख  प्रेमराज पौडेल, गोकर्ण घिमिरे, पवित्रा  भण्डारी, वसन्त पोखरेल र सुनिल लामिछानेले बहस गरेका छन् । 

जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको  इजलासमा भएको बहसमा उच्च सरकारी वकिल कार्यालय बुटवलका तर्फबाट सोमकान्त भण्डारी, प्रकाश मरासिनी र रवि न्यौपाने बहस गरेका छन् ।

 

 
 
विहीबार, १० माघ २०८१, १६ : ४५

प्रतिक्रिया