हामी गल्ती सच्याउँछौँ, तपाईँले ८४ मा बहुमत दिनुहोस् : प्रचण्ड

शुक्रबार, ११ माघ २०८१, १६ : ५८

काठमाडौं - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई बहुमत दिन अपिल गरेका छन्  । माओवादी केन्द्रले  तुलसीपुर नगरकमिटिले तलसीपुमा आयोजना गरेको पार्टीको तेस्रो नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । 

अध्यक्ष प्रचण्डले भने, 'यो पटक म दशभर अपिल र अनुरोध गर्न म देशव्यापी अभियानमा गएको छु ।हामीलाई ६४ मा मत दिनुभएका जनतालाई मेरो अनुरोध छ । आग्रह छ । हामीले हाम्रो गल्ती कमजोरी सच्याउँछौँ। तपाईँहरूले पनि आफ्नै छोराछोरी त हुन नि भनेर एक चोटी ६४ मा जस्तै माया गरिदिनुभयो भने बहुमत दिनुभयो भने ८४ मा हामी बहुमतमा आउनेछौँ । त्यो बहुमतले यो देशबाट भ्रष्टाचारलाई जरैदेखि उखेलेर  फाल्ने छ । सामाजिक विवेधको अन्त्य गर्नेछ । न्याय स्थापित गर्नेछ । आर्थिक समृद्धिमा देश अगाडि बढ्ने छ । तपाईँहरूले जनयुद्धमा साथ दिनुभयो । शान्ति प्रक्रियामा साथ दिनुभयो । अब भ्रष्टाचारविरुद्ध सामाजिक न्याय र आर्थिक समृद्धिको यो अभियानमा साथ दिनुहोस् ।अब सुशासन सामाजिक न्याय र आर्थिक समृद्धिको लडाइँमा तपाईँहरूको साथ चाहियो । तपाईँहरूले त्यो साथ दिनुहुनेछ भन्ने विश्वास छ ।'

तेस्रो पटक सरकारको नेतृत्व गर्ने अवसर प्राप्त हुँदा आफूले यसअघिका कमीकमजोरीलाई सच्याएर जनताको पक्षमा भ्रष्टाचारविरुद्ध सुशासनको अभियान चालेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले सोही कारण जनतामा माओवादी पार्टी प्रति सकारात्मक धारणा बन्दै गएको बताए । सो सकारात्मक परिस्थिति सरकारबाट बाहिर निस्केपछि आफूले देशभर गरेको अभियानमा   जनताले देखाएको माया, पार्टी प्रवेशको बाट पुष्टि भएको उनले बताए ।

अध्यक्ष प्रचण्डले भने, 'सरकारबाट बाहिए पछि म जहाँ गएको छु । जनताको अपार माया पाएको छु । म यो माया र विश्वासले खुसी भएको छु । म ७० वर्षको भए । मैले देश र जनताको पक्षमा काम गर्ने संकल्प लिएको छु । जसका कारण अहिले माओवादी केन्द्रमा प्रवेश गर्नेहरूको लहर आएको छ। देशभर  विभिन्न पार्टीका नेता कार्यकर्ता पनि प्रवेश गर्ने तयारी गरिरहनुभएको छ ।'

माओवादी केन्द्रको हालै सम्पन्न केन्द्रीय समिति बैठक र नेकपा एमालेको बैठकलाई जनताले तुलना गरेर हेर्ने गरेको उनले बताए । अध्यक्ष प्रचण्डले भने, 'दुई ठुला कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठक भरखरै सकियो जसमा माओवादी केन्द्रले फरक विचारलाई सम्मान गर्दै पार्टीलाई एकताबद्ध बनाएर लग्यो। त्यति नै बेला एमालेको बैठकले भने फरक मत राख्नेहरू भिम रावल, विन्दा पाण्डे, उषाकिरण लगायतलाई कारबाहिको डन्डा चलायो । जनताले दुई पार्टीको केन्द्रीय समितिको बैठकलाई तुलना गरेर हेरेका छन् ।'

माओवादी केन्द्रले पार्टीलाई लोकतान्त्रिक रुपमा सञ्चालन गर्नुका साथै माओवादी धारा र कम्यिुनिष्टहरुलाई एकताबद्ध गर्दै लैजाने उनले बताए । विप्लव लगायतका पूर्वमाओवादी धाराहरुसँग पार्टी एकताका लागि भैरहेका छलफललाई तर्फ संकेत गर्दै अध्यक्ष प्रचण्डले उक्त अभियानलाई छिट्दै पूर्णता दिने समेत जानकारी दिए ।'माओवादी पार्टीहरूलाई एकताबद्ध बनाउने अभियान चलाइएको छ । त्यो अभियानले छिट्टै पूर्णता दिनेछौँ, 'उनले भने । 

आफूले रोष्टमबाट  यो सरकार सुशासनको डरले बनेको भनेर भनेको स्मरण गर्दै सरकार लोकतन्त्रको भावना विपरीत अपारदर्शी ढंगले बनेको बताए । उनले भने,'मैले जसलाई अनुसन्धानको दायरामा ल्याउने प्रयास गर्दै थिए । ती नै बिचौलियको घरमा रातको १२ बजे सरकार गठनको सहमति बन्यो ।जनताको पक्षमा, सुशासन र समृद्धिको पक्षमा काम गरिरहेको मेरो नेतृत्वको सरकार ढालेर यो सरकार सुशासनको डरका कारण बन्यो । मैले सरकारमा रहेर आफ्नो अर्काको नभनी कै कारबाहीको प्रक्रिया अघि बढाए । अनुसन्धान खटिएका अफिसरहरूलाई अनुसन्धान गर्दै जाँदा प्रचण्ड नै देखिए पनि कारबाही अगाडि बढाउनु भने । म चुनौतीका साथ भन्न चाहन्छु । अहिले सकारको नेतृत्व गर्नेले मैले झैँ आफैलाई अनुसन्धान गरेर देखाउनू। '

 

 

शुक्रबार, ११ माघ २०८१, १६ : ५८

प्रतिक्रिया