गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

शुक्रबार, ११ माघ २०८१, १७ : २०

काठमाडौं - गण्डकी प्रदेशसभाको अधिवेशन यही माघ २१ गतेका लागि आह्वान गरिएको छ ।

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम माघ २१ गते दिनको २ बजेदेखि आरम्भ हुने गरी अधिवेशनको आह्वान गरेका प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता रामेश्वर अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस

शुक्रबार, ११ माघ २०८१, १७ : २०

प्रतिक्रिया